असोज २९ गते २०८३ || October 15, 2026

रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, पाए घन्टी चुनाव चिन्ह


शुक्रबार, असार १७ २०७९०८:१६

रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, पाए घन्टी चुनाव चिन्ह
काठमाडौं - सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात् सो दललाई शुक्रबार(आज) दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । 

पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ । ‘हाम्रो पार्टी औपचारिक रूपमा दर्ता भएको छ । हामीले प्रमाणपत्र पायौँ । एकदम खुसी छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नाममा दल दर्ता भएको छ’,पार्टी सभापति लामिछानेले भने ।

नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूलाई आयोगले मान्यता दिएको सो पार्टीले जनाएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । 

ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।


  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # घन्टी चुनाव चिन्ह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend