कात्तिक २ गते २०८३ || October 18, 2026

'बजेटमा करका दर हेरफेरले अर्थतन्त्र सङ्कटमा गयो' : केपी ओली


पिपल अनलाइन
बुधबार, वैशाख २० २०८००९:०७

'बजेटमा करका दर हेरफेरले अर्थतन्त्र सङ्कटमा गयो' : केपी ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालू आर्थिक वर्षको बजेटमा व्यापारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बनेको बताएका छन् ।

आज काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले व्यापारीका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्वौं रुपैयाँ कमाएको तर देश घाटामा गएको बताएका हुन् । अबको डेढ वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिए देश असफल राष्ट्रमा परिणत हुने खतरा बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # 'बजेटमा करका दर हेरफेरले अर्थतन्त्र सङ्कटमा गयो' : केपी ओली
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend