कात्तिक १ गते २०८३ || October 17, 2026

शीतल निवासमा राष्ट्रपति पौडेल प्रधानमन्त्री दाहालबिच भेटवार्ता


पिपल अनलाइन
बिहीबार , वैशाख २१ २०८००१:४१

शीतल निवासमा राष्ट्रपति पौडेल प्रधानमन्त्री दाहालबिच भेटवार्ता

 काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका थिए । भारतको नयाँ दिल्लीमा उपचारपछि फर्किएका राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता भएको हो ।

पौडेल आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पौडेलको स्वास्थ्य अवस्थाकाबारेमा कुराकानी हुनुका साथै राजनीतिक कुराकानी भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend