असोज ३० गते २०८३ || October 16, 2026

पिडितहरुको गुनासो सुन्न : जाजरकोट प्रहरीद्वारा चियापान कार्यक्रम


बुधबार, असार २२ २०७९१०:४६

पिडितहरुको गुनासो सुन्न :  जाजरकोट प्रहरीद्वारा चियापान कार्यक्रम

जाजरकोट - स्थानीय स्तरमै पिडितहरुको गुनासो सुन्न जाजरकोट प्रहरीले चियापान कार्यक्रम आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा प्रहरीले पिडितहरुको समस्या र गुनासो बुझ्न चियापान कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले पाँचकाटिया र पैंक प्रहरी चौंकीमा पिडितहरुको गुनासो सुन्न प्रहरीले चियापान कार्यक्रमको भएको बताउनु भयो । एकै दिन दुई वटा प्रहरी चौकीमा आयोजना गरिएको कार्यक्रममा प्रहरीले ७० जना पिडितहरुको गुनासो सुन्न सफल भएको डिएसपी निरौलाको भनाई छ ।

कार्यक्रमको आयोजना गरेर गुनासो तथा उजुरी सम्बोधन पश्चात समाजमै दैनिक जीवन यापन गरिरहेका ७० जना पिडितहरुसँग प्रहरीले साक्षत्कार गरेको छ । प्रहरीद्वारा  गरिएका सेवा प्रवाहका विषयमा पिडितहरुबाट सल्लाह, सुझाव संकलन भएका छन् । 

चियापान कार्यक्रम मार्फत प्रहरीबाट पिडितहरुले पाएको न्याय, प्रहरीद्वारा गरिएको न्याय सम्पादनबाट पिडितहरुले गरेको अनुभुतिका विषयमा अन्तरक्रिया गरिएको थियो । यस्ताखाले कार्यक्रमले प्रहरी र नागरिक बीचको सम्बन्ध वढाउनुका साथै समाजमा दैनिक घट्ने अपराधिक घटनालाई न्युनिकरण गर्न मद्दत पुग्नेमा स्थानीयहरु आसावादी भएका छन । 

प्रहरीले सँधै पिडितहरुको पक्षमा न्याय सम्पादन गर्ने निकायको रुपमा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको थियो । प्रहरी जनताको साथी र दुःख सुखको सहारा हो भन्नेमा स्थानीय सँगको अन्तरक्रिया प्रभावकारी हुने स्थानीयको भनाई छ । 


  • सम्बन्धित विषय:

  • # जाजरकोट प्रहरी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend