कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने


पिपल अनलाइन
शनिबार, वैशाख २३ २०८००६:३०

प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ। 

प्रचण्डले यसअघि नै दोहोर्‍याएर विश्वासको मत लिएकामा रास्वपाले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । 

संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र  प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend