महोत्तरी । गौशाला नगरपलिका प्रमुख दिपेन्द्र महतो र वडा अध्यक्ष नविन साह बीच विकास को बारे भनाभन भएकोे अध्यक्ष नविन साह ले जानकारि गराउनु भयो। एक नम्बर वडा को लागि बजेट निकै कम भयो भनेर आवाज उठाउँदा नगर प्रमुख ले हप्काएको कुरा वार्ड को समाजसेबि बुद्धिजिबि युवा तथा नागरिक अगुवा लाई जानकारि गराउनु भयो । अन्य वडा मा नगरको बजेट पनि मनघ्य उपलब्ध गराउने तर हाम्रो वडा लाई वडा सिलिङ मा मत्र सीमित राखियो भन्ने कुरा जानकारी गराउनु भयो र नगर प्रमुख प्रति असन्तुष्टि प्रकट गर्नु भएकोे छ। साथै नगर प्रमुख ले कुनै छलफल नै नगरी वडा बाट दक्ष शिक्षक लाई सरुवा गर्न लगेको भनि जानकारी गराउनु भयो ! साह गुनासो गर्नु हुन्छ ! वडा संग कुनै छलफल नगरी यहाँ को शिक्षा लाई नकारात्मक प्रभाव पार्न खोजेको आरोप लाउनु भयो।