कात्तिक १ गते २०८३ || October 17, 2026

जंगलबाट लागेको आगो गाउँ पस्दा प्युठानमा ११ घर जलेर नष्ट, २ जना घाइते


पिपल अनलाइन
सोमबार, जेठ ८ २०८००३:०५

जंगलबाट लागेको आगो गाउँ पस्दा प्युठानमा ११ घर जलेर नष्ट, २ जना घाइते

काठमाण्डौँ - प्युठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङको प्रगतिशील सामुदायिक वनमा लागेको आगो गाउँ पस्दा ११ घर र आठ वटा गोठ जलेर नष्ट भएका छन् ।

शनिबार राति लागेको आगो आइतबार धनवाङको गाउँमा पसेको नगरपालिकाका उपमेयर मिनराज रानामगरले जानकारी दिए । आगलागीमा परी स्थानीय दुई जना घाइते भएका छन् । स्थानीय ७६ वर्षीय वीर बहादुर कामी र पिमा परियार घाइते भएका छन् ।

वीर बहादुरको पाल्पा र पिमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको रानामगरले बताए ।


  • सम्बन्धित विषय:

  • # जंगलबाट लागेको आगो गाउँ पस्दा प्युठानमा ११ घर जलेर नष्ट, २ जना घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend