असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने


मंगलबार, असार २८ २०७९०७:३२

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने

काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धि मस्यौदा छलफलका लागि प्रस्तुत गर्ने भएको छ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सदस्य चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदनमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, डा. गोपाल दहित, योगन्द्र चौधरीले आफ्नो धारणा राखे।

कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा गेहेन्द्र गिरी, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती वजिमय, प्रकाश रसाइली स्नेही, रंगमती शाही, कुन्दनराज काफ्ले, प्रा.डा. गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले धारणा राखेको जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले बताए। 


  • सम्बन्धित विषय:

  • # बैठक
  • # कांग्रेस केन्द्रीय कार्यसमिति


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend