कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित


पिपल अनलाइन
मंगलबार, जेठ ९ २०८००४:०८

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ - सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजे बस्नेछ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend