कात्तिक १ गते २०८३ || October 17, 2026

पहिलो सोमबार पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड


सोमबार, साउन २ २०७९१०:४९

पहिलो सोमबार पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं - साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पशुपति दर्शनका लागि बिहानै देखि भक्तजनको आगमन सुरु थियो । यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।


  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend