असोज २९ गते २०८३ || October 15, 2026

एमसीसीकाे पूर्वाधार निर्माणमा सहभागी हुन व्यवसायीलाई प्रम देउवाकाे आह्वान


शुक्रबार, फागुन २७ २०७८०६:३७

एमसीसीकाे पूर्वाधार निर्माणमा सहभागी हुन व्यवसायीलाई प्रम देउवाकाे आह्वान

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत हुने पूर्वधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेको छ।

शुक्रबार नेपाल निर्माण व्यवसायी सङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकोले यसमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई आग्रह गरेको हो ।

‘एमसीसीमा ग्लोबल बिडिङ हुन्छ । नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुहाेस् । सफल हुनुस् । म सबैभन्दा बढी खुसी हुनेछु ।,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बिडिङ हुन्छ । यसमा संसारका जो पनि आउन सक्छन् । चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरु पनि सहभागी हुनुहाेस् ।’

त्यस्तै, उनले निर्माण व्यवसायीलाई सहज बनाउन सार्वजनिक खरिद नियमावली संशोधन गरेको समेत बताए । उनका अनुसार सार्वजनिक खरिद व्यवसायीलाई चुस्त र पारदर्शी र प्रतिस्पर्धी बनाउन सरकार सदैव तत्पर छ । निर्माण व्यवसायीको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध छ । भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन । भौतिक पूर्वाधार विकास निर्माण व्यवसायीबाट मात्र सम्भव रहेको उनको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # प्रम देउवा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend