कात्तिक १ गते २०८३ || October 17, 2026

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन


पिपल अनलाइन
शुक्रबार, जेठ १२ २०८००३:४६

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

काठमाडौँ - रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकि छिन् । 

टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । सरकारले पूर्व सांसद रमेत रहेका रेशम बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएपछि बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् । सरकारले आगामी सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ । २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend