असोज ३० गते २०८३ || October 16, 2026

रेशम चौधरीलाई गणतन्त्र दिवसमा छाड्ने तयारी !


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८००७:०२

रेशम चौधरीलाई गणतन्त्र दिवसमा छाड्ने तयारी !

 काठमाण्डौँ - टीकापुर काण्डमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलाई माफी दिनेसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पुगेको छ । सरकारले माफीसम्बन्धी प्रस्ताव सुरुमा राष्ट्रपति कार्यालय पठाएको थियो । सरकारले गत मंगलबार राष्ट्रपति कार्यालय पठाएको सो फाइल अध्ययनपछि आज गृह मन्त्रालय फिर्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनपछि सो फाइल गृहमा फिर्ता पठाएका हुन् । 

शीतल निवासले सो फाइल ‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको छ ।’ 

अब गृहले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने र मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राष्ट्रपतिबाट उनको सजाय माफीसम्बन्धी निर्णय हुनेछ । २०७२ भदौ ७ मा सात जना सुरक्षाकर्मी र एक जना बालकको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा चौधरीलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend