कात्तिक १ गते २०८३ || October 17, 2026

अबरुद्ध संसद सुचारु गर्ने तीन दलबीच सहमति, ओलीमाथि लगाइएको आरोप निराधार भएको निष्कर्ष


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८०१२:१८

अबरुद्ध संसद सुचारु गर्ने तीन दलबीच सहमति, ओलीमाथि लगाइएको आरोप निराधार भएको निष्कर्ष

काठमाडौँ -अबरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दलबीच सहमति जुटेको छ । आज अबरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकले सदन सुचारु गर्ने सहमति भएको हो ।

पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । सो सहमतिसँगै अबरुद्ध संसद आजवाट खुल्ने भएको छ ।

आजको बैठकले एमालेअध्यक्ष ओलीलाई माओवादीका सांसद राजन दाहालले लगाएको आरोप निराधार भएको निष्कर्ष निकाल्दै सदन खुलाउन तीन दल सहमत भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

‘भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदको रेकर्डवाट सो हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शिर्ष नेता बिच सहमति भएको छ,’ एमाले सचतेक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिए पछि एमालेले हिजो संसद अबरुद्ध गरेको थियो । सो अभिब्यक्तिलाई लिएर माओवादीले माफी माग्नु पर्ने अथवा सो बारेमा छानबिन गरे ‘सुन हो कि पित्तल’ छुटाउनु पर्ने अडान राखे पछि हिजो संसद चल्न सकेको थिएन ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend