कात्तिक २ गते २०८३ || October 18, 2026

भारतको बैंग्लुरू उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै फर्कियो


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८००४:१३

भारतको बैंग्लुरू उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै फर्कियो

काठमाडौँ - भारतको बैंग्लुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै पुनस् काठमाडौं फर्किएको छ ।

१ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडेको एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाज केही समयपछि पुनस् काठमाडौं नै फर्किएको हो ।

जहाजमा चरा ठोक्किएको आशंकापछि जहाजलाई पुनस् काठमाडौं फर्काइएको हो । ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो ।

जहाजमा चारा ठोक्किएको पुष्टि भने हुने सकेको छैन । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको विमानस्थलले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend