कात्तिक १ गते २०८३ || October 17, 2026

बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा एक युवकको हात नै चुँडियो, उपचारको क्रममा मृत्यु


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८००४:३४

बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा एक युवकको हात नै चुँडियो, उपचारको क्रममा मृत्यु

 हेटौंडा - बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा विपरीत दिशाबाट आएको ट्रकले च्यापिएर एक युवकको दाहिने हातको पाता भन्दा मुनिको भाग चुँडिएर मृत्यु भएको छ ।

शनिबार बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ रजैयामा हेटौंडाबाट चितवन जाँदै गरेको ग१क २२९७ नम्बरको मिनि ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा३ख ८३९४ नम्बरको बसमा सवार एक यात्रुको हात च्यापिएर दाहिने हातको पाता मुनिको भाग नै चुँडिएको हो ।

बस चालकको सिट भन्दा पछाडि बसेर यात्रा गरेका युवकको दाहिने हातको पाता भन्दा मुनिको भाग चुँडिएर गम्भीर घाइते भएका थिए ।

नाम, थर र वतन नखुलेकाअन्दाजी ३० वर्षीय युवकको उपचारको क्रममा हेटौंडामा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend