असोज ३० गते २०८३ || October 16, 2026

'जस्तोसुकै मुद्धा हालेपनि भ्रष्टाचारको जरो नउखेलेसम्म बिश्राम लिने छैनौँ' : रवि लामिछाने


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८००४:३९

'जस्तोसुकै मुद्धा हालेपनि भ्रष्टाचारको जरो नउखेलेसम्म बिश्राम लिने छैनौँ' : रवि लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा छानबिन फितलो भएको बताएका छन् । ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरु भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताएका हुन् ।

कुनै पनि भ्रष्टहरुको बिषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेराबन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दाबी गरे । भ्रष्टाचारको जरो नउखेलेसम्म बिश्राम नलिने उनको भनाइ छ ।

 


  • सम्बन्धित विषय:

  • # 'जस्तोसुकै मुद्धा हालेपनि भ्रष्टाचारको जरो नउखेलेसम्म बिश्राम लिने छैनौँ' : रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend