असोज ३० गते २०८३ || October 16, 2026

नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गरे मात्र लोकतन्त्र संस्थागत हुने : प्रधानमन्त्री देउवा


बुधबार, साउन ११ २०७९११:२३

नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गरे मात्र लोकतन्त्र संस्थागत हुने : प्रधानमन्त्री  देउवा

काठमाडौं - प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गरे मात्र लोकतन्त्र संस्थागत हुने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

देउवाले सत्यतथ्य सूचना प्रसारण गर्न सके मात्र लोकतन्त्र संस्थागत हुने बताए। प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हक निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रसारण गर्न जरुरी रहेको पनि बताए।

उनले तथ्यहीन, भ्रामक द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममा पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताए ।

 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # प्रम देउवा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend