काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमण स्वाभाविक भएकोे बताएका छन् । एक कार्यक्रममा कुरा गर्दै प्रवक्ता डा. महतले मित्रराष्ट्रहरुबाट भ्रमण भइरहनुलाई अन्यथा लिन नमिल्ने बताएका हुन्।
" नेपालमा अमेरिकाबाट मात्र होइन, विभिन्न मित्रराष्ट्रहरुबाट भ्रमण भइरहेका छन् । त्यसैले यो भ्रमण अस्वाभाविक छैन ।
स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे अमेरिकालाई ठाडो जवाफ दिन नमिल्ने महतको तर्क छ । मित्रराष्ट्रलाई ठाडो जवाफले हुँदैन, कूटनीतिक आधारको जवाफ दिनुपर्यो " उनको भनाइ छ ।
सोहि प्रसंगमा कुरा थप्दै डा. महतले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले अस्वीकार नगरेको पनि दाबी गरे।