कात्तिक १ गते २०८३ || October 17, 2026

समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन : अध्यक्ष प्रचण्ड


शुक्रबार, साउन १३ २०७९०७:१३

समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन : अध्यक्ष प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक आवश्यकताले संविधान र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन कायम रहने बताएका छन् । उनले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको पनि स्पष्ट पारेका छन् । 
 
प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गरे । प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’
 
उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताए।  ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’
 
 प्रचण्डले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा पनि जोड दिए। खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
 
उनले गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको जानकारी दिए । तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको प्रचण्डले प्रस्ट पारे । 


  • सम्बन्धित विषय:

  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend