कात्तिक २ गते २०८३ || October 18, 2026

टीकापुर हत्याकाण्डको छानबिन हुनुपर्छ : रेशम चौधरी


पिपल अनलाइन
सोमबार, जेठ १५ २०८००३:१४

टीकापुर हत्याकाण्डको छानबिन हुनुपर्छ : रेशम चौधरी

काठमाडौँ - टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् ।

सोमबार बिहान डिल्लीबजार कारागारबाट जेलमुक्त भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिन हुनु पर्ने बताए । उनले टिकापुर घटना राजनीतिक घटना भएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend