कात्तिक २ गते २०८३ || October 18, 2026

सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न सभामुखको निर्देशन


पिपल अनलाइन
सोमबार, जेठ १५ २०८००३:२१

सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न सभामुखको निर्देशन

काठमाडौँ - सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिका सभापति चयन गर्न निर्देशन दिएका छन्। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन नसकेको भन्दै सात दिनभित्र चयन गर्न निर्देशन दिएका हुन् ।

संसदीय समितिको नेतृत्वबारे दलहरुको ध्यानाकर्षण गराउँदै उनले समिति र उपसमिति ज्येष्ठ सदस्यले नै नेतृत्व गरिरहेको भए पनि सभापति चयन नहुँदा विधेयकमाथिको छलफलले गति लिन नसकेको जानकारी गराएका हुन् ।

‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन। ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ। उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,’ बैठकमा सभामुख घिमिरेले भने, ‘सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस्। अथवा, सात दिनपछि प्रक्रिया निर्वाचनबाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend