असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री शेरबहादुर देउवा र डोनाल्ड लुबीच भेटवार्ता


शुक्रबार, साउन १३ २०७९०७:२०

प्रधानमन्त्री शेरबहादुर देउवा र डोनाल्ड लुबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो ।
 
सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा गरे। 
 
प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए।

 


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # डोनाल्ड लुबीच


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend