कात्तिक १ गते २०८३ || October 17, 2026

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित


पिपल अनलाइन
सोमबार, जेठ १५ २०८००३:३४

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित

काठमाडौँ - बजेटसँगै संसदमा टेबुल हुने वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ। आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले पारित गरेको हो ।

बैठकमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार मध्यमकालीन खर्च संरचना तयार पारिएको बताए ।

 उपाध्यक्ष श्रेष्ठले वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचनाबारे जानकारी गराएपछि अर्थमन्त्री डा। महतले धारणा राखेका थिए । प्रधानमन्त्री तथा आयोग अध्यक्ष प्रचण्डले एकीकृत दस्तावेजलाई बैठकमा पेश गर्दै पारित गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री तथा अध्यक्षले पेश गरेपछि आयोगका सदस्यहरूले तालि बजाएर दुवै दस्तावेज पारित गरे ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend