असोज ३० गते २०८३ || October 16, 2026

नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने रवि लामिछानेको दाबी


आइतबार, साउन १५ २०७९०९:३०

नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने रवि लामिछानेको  दाबी

कञ्चनपुर - राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका छन्।  आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अन्याय र बेथितिविरुद्ध जहिले पनि बोलि रहने बताए। 

उनले भने, ‘जनताका समस्या समाधानका लागि लाग्ने पार्टीको संकल्प छ। संकल्पअनुरूप कार्य गर्न कटिवद्ध छु।’ सिद्धान्त राम्रो भएका दलहरुले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जिवन परिर्वतन गर्ने उनले बताए। 

‘जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने, जनतालाई अब जवाफ होइन समाधान दिन्छौँ’ उनको भनाइ छ। आफुबाट देशलाई बिग्रार्ने काम नहुने दाबी गर्दै उनले बेथिति रोक्दै जनताको अवस्था परिर्वतन गर्ने बताए। 

‘अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर हजारौँ युवाका लागि बोलेनन्, ‘उनले भने, ‘हामी सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँछु।’ लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राखेको बताए।  

 


  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # बेथिति


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend