असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता हुँदै


पिपल अनलाइन
बिहीबार , जेठ १८ २०८००६:२९

प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता हुँदै

 काठमाण्डौँ - भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ ।
औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीवार बिहान महात्मागान्धीकोे समाधिस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend