असोज ३० गते २०८३ || October 16, 2026

BREAKING : सीटीईभीटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता


पिपल अनलाइन
शुक्रबार, जेठ १९ २०८००१:१६

BREAKING : सीटीईभीटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

काठमाडौँ - सीटीइभीटीको गाडी सुनकोसी नदीमा खसेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट गाडी नदीमा खसेको हो ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ। गाडीमा सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  गाडी पूरै नदीमा डुबेको र निकाल्न नसकिएको कारण अन्यको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend