असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण, मोदी चाँडै नेपाल आउने


पिपल अनलाइन
शनिबार, जेठ २० २०८००६:०६

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण, मोदी चाँडै नेपाल आउने

 काठमाण्डौँ - भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणबारे दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार ४ पृष्ठ लामो विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नेपाली दूतावास, दिल्लीले प्रधानमन्त्रीको ४ दिने भ्रमण पूर्ण रुपमा सफल र उपलब्धीमुलक रहेको उल्लेख गरिएको छ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा विवादबारे छलफल गरेको दूतावासले जनाएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सीमा समस्यालाई समाधान गर्न द्वीपक्षीय कूटनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव पनि गरेको दूतावासले जनाएको छ ।  

दूतावासका अनुसार नयाँ हवाई रूटसहितका विषयमा भने छलफल गरेर पनि सम्झौता नभएको तर भारतले सकारात्मक जवाफ दिएको जनाएको छ। 
यो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई चाँडै नेपाल भ्रमणमा आउन निम्ता समेत दिएको पनि दूतावासले विज्ञप्तिमार्फत बताएको छ । समकक्षी मोदीले सकेसम्म छिटो र उचित समयमा नेपाल आउने जवाफ दिएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend