काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् ।
अध्यक्ष प्रचण्ड आज राती १०ः३० बजे जापान उड्ने उनको सचिवालयले जनाएको छ। प्रचण्ड साउन २५ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रचण्डसँगै उनका सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ। जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन। अध्यक्ष प्रचण्ड यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए।