असोज ३० गते २०८३ || October 16, 2026

'कसैलाई गाली गरेर पार्टी बन्दैन,जनतामा जानुपर्छ' : शेरबहादुर देउवा


पिपल अनलाइन
शनिबार, जेठ २० २०८००४:०६

'कसैलाई गाली गरेर पार्टी बन्दैन,जनतामा जानुपर्छ' : शेरबहादुर देउवा

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैलाई गाली गरेर पार्टी नबन्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका हुन् ।

‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो। जनतामा जानुपर्छ। जनतामा जाने हो। गाली गरेर कहाँ पार्टी बन्छ,’ उनले भने।

देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताए । पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend