असोज ३० गते २०८३ || October 16, 2026

एमसीसी संसदबाट पारित भएपछि गठबन्धन सुरक्षित : अध्यक्ष प्रचण्ड


शुक्रबार, फागुन २७ २०७८०७:४५

एमसीसी संसदबाट पारित भएपछि गठबन्धन सुरक्षित : अध्यक्ष  प्रचण्ड

सुर्खेत - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसी संसदबाट पारित भएपछि गठबन्धन सुरक्षित भएको बताएका छन् । पार्टीको प्रशिक्षणको सिलसिलामा शुक्रबार वीरेन्द्रनर आइपुगेएका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसी पारित नभए गम्भीर प्रकृतिको असर पर्ने भएकाले यसलाई १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित गरिएको बताए।

उनले भने,‘१२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित भएको एमसीसी दीर्घकालीन किसिमले नेपालको राष्ट्रिय एकतालाई सुदृढ गर्ने प्रकृतिको छ । अमेरिकाको एमसीसीको समर्थन भइसकेपछि अझै महत्व बढ्दै गएको छ । यसले गर्दा गठबन्धन पनि सुरक्षित भएको छ । निर्वाचनसम्म वा अझै परसम्म गठबन्धन जाने बाटो पुगेको छ । सरकार सुरक्षित भएको छ । धेरै कुरा टरेको छ । नेपालीका लागि यो खुशीको कुरा हो ।’

प्रचण्डले राष्ट्र फेरि एकजुट भएको बताए। एमसीसी संसदबाट पारित भएपछि माओवादीभित्रै मतभेद् भएको र विभाजन हुने भनेर चर्चा भए पनि केन्द्रीय समितिबाट देखिएका मतभेदको समाधान भइ पार्टी एकताबद्ध भएको र एउटै विचारका आधारमा निर्वाचन अभियानमा जाने र एमसीसीको विषयमा एउटा फोरमबाट निष्कर्ष निकाल्नेगरी समधान भएको प्रस्ट पारे।


  • सम्बन्धित विषय:

  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend