असोज ३० गते २०८३ || October 16, 2026

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने


पिपल अनलाइन
मंगलबार, जेठ २३ २०८०१०:५३

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ - संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफल हुनेछ । हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । 

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदयस्यहरूले आआफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend