कात्तिक २ गते २०८३ || October 18, 2026

'फेल भएको बजेट सत्तापक्षले बलजफ्ती पेलेर कागजमा पास गरायो' : अध्यक्ष ओली 


पिपल अनलाइन
मंगलबार, जेठ २३ २०८००३:३३

'फेल भएको बजेट सत्तापक्षले बलजफ्ती पेलेर कागजमा पास गरायो' : अध्यक्ष ओली 

काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको स्मरण गर्दै फेल भएको बजेट सत्तापक्षले बलजफ्ती पेलेर कागजमा पास गराएको बताएका छन् ।

करका दर हेरफेर गरिएको प्रकरण बाहिरिएपछि सरकारले गल्ती स्वीकार्नुको सट्टा बलजफ्ती केही भएकै छैन भनेर बहुमत देखाएर पास गरेको बताएका हुन् । यो पटकको बजेटमा पनि बिचौलियालाई छिराएर करका दर हेरफेर गरेको प्रकरण बाहिरिएपछि ओलीले अघिल्लो वर्षको बजेटका बेला भएको करको दर हेरफेर प्रकरण पनि सम्झिएका हुन् ।

अघिल्लो वर्षको बजेट कागजमा पास भएको तर व्यवहारमा फेल भएको ओलीको टिप्पणी छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend