असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेसको पदाधिकारी बैठक :  महामन्त्री गगन थापाको अध्यक्षतामा 


बुधबार, साउन २५ २०७९०१:३८

कांग्रेसको पदाधिकारी बैठक :  महामन्त्री गगन थापाको अध्यक्षतामा 

काठमाडौं - सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।

बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता 
गरेका हुन् ।

सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएको उनका  सचिवालयले जनाएको छ । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

 

 


  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # गगन थापा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend