कात्तिक २ गते २०८३ || October 18, 2026

रेशम चौधरीविरुद्ध मुद्दामा कारण देखाउ आदेश जारी


पिपल अनलाइन
मंगलबार, जेठ २३ २०८००६:०१

रेशम चौधरीविरुद्ध मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ - सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिएको हो । 

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।  राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त भएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend