असोज ३० गते २०८३ || October 16, 2026

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश


शुक्रबार, साउन २७ २०७९०६:५०

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश
काठमाडौं - अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन्। उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएइको जानकारी दिए । 
 
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए।  ‘म यसअघि कुनै पनि पार्टीमा आबद्ध थिइनँ । पहिलो पटक काँग्रेस आबद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि सङ्घर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरूभन्दा कांग्रेस नै ठीक लाग्यो ।’
 
साथै उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए।  ‘धेरै अग्रज र सम्मानित कलाकारहरू कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने । उनले एक फरक विषयमामा कुरा गर्दै आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए । 


  • सम्बन्धित विषय:

  • # अनुपविक्रम शाही
  • # अभिनेता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend