कात्तिक १ गते २०८३ || October 17, 2026

'भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग हो' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
बुधबार, जेठ २४ २०८००१:१९

'भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग हो' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै रहेको बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संयोग मात्रै परेकाले शंका उपशंका गरिनुको कुनै तुक नरहेको बताए ।

नागरिकता विधेयकका विषयमा पूर्वप्रधानन्यायाधिवक्तासहितको छलफलको सुझावको आधारमा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्नु उचित हुने राष्ट्रपतिलाई सुझाव दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक विचाराधीन अवस्थामा नरहेको भन्दै उनले उक्त विधेयक प्रमाणीकरण नगर्दा गलत नजिर पनि रहन सक्ने भएकाले पनि राष्ट्रपतिलाई सुझाव दिइएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend