असोज ३० गते २०८३ || October 16, 2026

संघीय संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल आज पनि हुने 


पिपल अनलाइन
बिहीबार , जेठ २५ २०८००७:२९

संघीय संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल आज पनि हुने 

 काठमाडौँ - संघीय संसद्‌का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल आज पनि जारी रहने भएको छ ।

प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि बजेटमाथिको सामान्य छलफल सुरु भएको हो । छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्। कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend