असोज ३० गते २०८३ || October 16, 2026

मुग्लिनबाट काठमाडौँतर्फ आउंदै गरेको ट्रक त्रिशूलीमा खस्यो


शनिबार, साउन २८ २०७९०२:१०

मुग्लिनबाट काठमाडौँतर्फ आउंदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौँतर्फ आउंदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जानकारी दिएको छ।

ट्रक पूर्ण रूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ।

 


  • सम्बन्धित विषय:

  • # ट्रक
  • # त्रिशूलीमा खस्यो


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend