कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी केबलकारको उद्घाटन गर्दै 


पिपल अनलाइन
बिहीबार , जेठ २५ २०८००७:५३

प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी केबलकारको उद्घाटन गर्दै 

रुपन्देही - लुम्बिनी केबुलकारको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्ने भएका छन् । केबलकार उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान बुटवल आउने कार्यक्रम तय भएको छ ।

साढे तीन अर्ब लगानीमा बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा टप स्टेशन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । केबलकारको उद्घाटन समारोह टप स्टेशन वसन्तपुरमा साढे १० बजेपछि हुने लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend