काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।
स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । सो कार्यक्रममा कार्यदलका सदस्यहरूको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरे । अध्यक्षले कुन–कुन नेतालाई टिकट दिने र कुन–कुन क्षेत्र छाड्न नहुने विषयमा पनि धारणा राखेको नेता पोखरेलले बताए।
त्यस्तै आजको बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको बारेमा पनि स्थायी समिति सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।