असोज २९ गते २०८३ || October 15, 2026

कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको ओलीको आरोप  


शनिबार, साउन २८ २०७९०६:१७

कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको ओलीको आरोप  

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाएका छन्  । लोकतान्त्रिक शेर्पा सङ्घले आयोजना गरेको कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर शत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन्  । 
 
‘लोकतन्त्रमा शत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरू प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन्’ ओलीले भने । विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरू अहिले राजनीतिमा दुश्मनी गर्न लागेको बताउनुभयो । ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीको भनाई छ । 
 
कांग्रेसको आलोचना गर्दै ओलीले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी गरे । ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ ओलीले भने, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’
 
मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने ओलीले बताए। 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # नेकपा एमाले


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend