असोज ३० गते २०८३ || October 16, 2026

सबै दल मिलेपनि एमाले एक्लैले ३९ सिट जित्नेछ : विशाल भट्टराई


शनिबार, साउन २८ २०७९०६:२९

सबै दल मिलेपनि एमाले एक्लैले ३९ सिट जित्नेछ : विशाल भट्टराई
काठमाडौं - नेकपा एमालेका नेता विशाल भट्टराईले आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने बताएका छन्। बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताएका हुन्। 
 
‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, भट्टराईले भने । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उहाँले बताए । 
 
उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने भट्टराईले बताए। एमालेले ५ सिट जित्छ भन्नेहरूले स्थानीय चुनावको नतिजा बिर्सेको भट्टराईलेको भनाइ छ। 


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # विशाल भट्टराई


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend