असोज ३० गते २०८३ || October 16, 2026

विकासको सपना पूरा नभएकोले राजनीतिमा सक्रिय हुनुपर्यो : नेता पौडेल


आइतबार, भदौ ५ २०७९१०:४३

विकासको सपना पूरा नभएकोले राजनीतिमा सक्रिय हुनुपर्यो : नेता पौडेल

तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको सपना पूरा नभएकोले राजनीतिमा सक्रिय रहनु परेको बताएका छन्। भानु नगरपालिका –१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन्। 

गाउँमा बिजुली, पानी, मोटर बाटो पुगेर पनि आम्दानी र रोजगारी नपाएर नअडिएकोले रोजगारी र आम्दानी दिने सपना पूरा गर्न सक्रिय राजनीतिमा लागेको पौडेलले बताउनुभयो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने सपना पुरा नभएकोले राजनीति नछाडेको पौडेले बताए। 

‘‘गाउँमै रोजगारी सिर्जना गर्ने हो । त्यसको लागि रोजगारीको अभियान सञ्चालन गर्ने हो’’, पौडेलले भने,। यो देश बनाउने कांग्रेसले, देश बचाउने पनि काँग्रेस नै भएकोले अन्तर्राष्ट्रियले विश्वास गर्ने कांग्रेस भएको उनको दाबी छ । 

कम्युनिष्टलाई विदेशीले नपत्याउँने हुँदा कांग्रेसलाई विजयी बनाउनुपर्ने उनको भनाइ छ । नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउन र सिंहदरबारको अधिकार गाउँमा ल्याउन केन्द्रीय राजनीतिमा बढी समय दिएको पौडेलले बताए। गएको चुनावको परिणामले जिल्लामा विकास दिन नसकेको उहाँको भनाइ छ । काँग्रेस हार्दा विकास अवरुद्ध भएर पहिले भन्दापछि परेको पौडेलले आरोप लगाए। भानु नमूनाको नगरपालिका बनाउने आफ्नो अठोट रहेको नेता पौडेलको भनाइ छ । 

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निर्वतमान महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ सभापति श्याम मौरती लगायतले तनहुँले नेताले देशकै नेतृत्व गर्ने नेता हुनु पर्ने त्यसको वरिष्ठ नेता पौडेले तनहुँबाट चुनाव लड्न आवश्यक रहेको कुरामा जोड दिए। कार्यक्रम नेपाली कांग्रेस भानु नगरपालिका –१ का वडा सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको थियो । 


  • सम्बन्धित विषय:

  • # नेता रामचन्द्र पौडेल
  • # नेपाली कांग्रेस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend