कात्तिक १ गते २०८३ || October 17, 2026

त्रिभुवन विमानस्थल नजिकै प्रहरीले किन चलायो गोली ? 


पिपल अनलाइन
आइतबार, जेठ २८ २०८००१:०५

त्रिभुवन विमानस्थल नजिकै प्रहरीले किन चलायो गोली ? 

 काठमाडौँ - प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन सिनामंगल नजिक एक व्यक्तिमाथि गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । गोली लागी घाईते भएका व्यक्तिलाई प्रहरीले उपचारका लागि अस्पतालमा पुर्‍याएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीका अनुसार लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विमानस्थलको मुख्य प्रवेशद्वारबाहिर कारोबारीमाथि गोली चलाइएको हो ।

गोली चलाउँदा केही बेर सडक अवरुद्ध भएको थियो । प्रहरीको फायरिङमा लागुऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । 

 

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend