असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्ड र पुर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटको सुनुवाइ ३० गते हुने 


पिपल अनलाइन
सोमबार, जेठ २९ २०८००८:१५

प्रधानमन्त्री प्रचण्ड र पुर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटको सुनुवाइ ३० गते हुने 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पूर्वबालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाललगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाई मुद्दा दायर गराएका हुन् ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्यायअनुरूप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो। दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ। सो रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend