असोज ३० गते २०८३ || October 16, 2026

नेपाल एयरलाइन्सले क्वालालम्पुरदेखि भैरहवासम्म व्यावसायिक उडान भर्दै 


पिपल अनलाइन
सोमबार, जेठ २९ २०८०११:४२

नेपाल एयरलाइन्सले क्वालालम्पुरदेखि भैरहवासम्म व्यावसायिक उडान भर्दै 

 काठमाडौँ - नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलका लागि मंगलबारबाट नियमित उडान सुरू गर्ने भएको छ ।

भोलि मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाजले कोललाम्पुरबाट उडेर भैरहवा विमानस्थलमा अवतरण हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् भोलि आउने जहाजलाई स्वागत गर्न आफैं विमानस्थल पुग्ने पनि जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend