असोज ३० गते २०८३ || October 16, 2026

स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु


पिपल अनलाइन
सोमबार, जेठ २९ २०८००४:५६

स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु

प्यूठान - प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ । 

प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend