असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहाल र पुर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदै 


पिपल अनलाइन
मंगलबार, जेठ ३० २०८००९:०२

प्रधानमन्त्री दाहाल र पुर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदै 

 काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमाओवादी नेता डा बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुने भएको छ ।

पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईलाई कारबाही गर्न माग गर्दै दिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

रिटमा दुवै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बन गर्नुपर्ने समेत उनीहरुको माग छ । आफूहरूलाई अयोग्य लडाकु भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने  उनीहरुको माग छ ।

सशस्त्र द्वन्द्वमा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्यायलगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend