सिन्धुली - मंसिर ४ नजिकिदै गर्दा चुनाबी माहोल तातिएको छ । देश भरी ठाउ ठाउमा उम्मेद्बारी घोषणा भैरहेको छ भने कति पय ठाउमा घोषणा हुने तयारी देखिन्छ । सिन्धुलि जिल्लामा पनि चुनाबको सगर्म तातिदै गएको छ ।
विशेषगरी दोस्रो संविधान सभाको चुनाबमा देश भरी माओवादीले हार्दै गर्दा खाता खोल्न सफल हरिबोल गजुरेलको क्षेत्र नम्बर २ लाई चासोको साथ हेरिएको छ । यो छेत्रमा प्रचण्डको पनि चर्चा नभएको भने हैन तर एक्किन भने भएको छैन । यो छेत्रमा अहिले प्रदेश सभाको उम्मेद्बार हरुको बिषयलाइ लिएर निकै माहोल तातिएको देखिन्छ किन भने यो क्षेत्रमा माओवादी नेता राजन दाहालको गृह नगर पनि हो ।
यहाँ नेकपा एमाले बाट क्षेत्र नम्बर २ मा प्रदेश सदस्यको उमेदवार लाई लिएर एमाले नेता पुस्प राज श्रेष्ठ र माओवादी बाट राजन दाहालको उमेदवार हुने चर्चा चलेको छ । माओवादीको नेता राजन दाहालको गृह नगरमा एमालेको युबा नेताको छवि बनाएका पुस्प राज श्रेष्ठ आउने कुराले हलचन नै मच्चिएको हो । यधपी माओवादी केही हद सम्म एमाले भन्दा बलियो देखिन्छ । प्रदेश सभा सदस्य को लागि २ को (क) र (ख) जुनै ठाउमा युबा नेता पुस्प राज श्रेष्ठको उमेदवारि पर्ने मा कुनै संका नरहेको उनी निकट स्रोतले बताउछ । माओवादीको हेब्बी वैट भएका नेता राजन दाहाल भने कुन क्षेत्रमा उठ्दै छन त्यो भने टुंगो लागिसकेको छैन । उनैको क्षेत्रमा पुस्पले किन रोजेको भन्ने बिषय लाई चासोको साथ हेरिएको छ ।
बिगत लामो समय देखि राजनितिमा रहेको पुष्प राज श्रेष्ठ बिगत लामो समय देखि माओवादीकै राजनितीबाट उदायका युबा नेता हुन । माओवादीको राजनितिमा वाइसियल हुँदै राजनितिमा आएका श्रेष्ठ एमाले उपाध्यक्ष पुर्ब गृहमन्त्री हुदा बखत राम बहादुर थापा बादल निकट रहेर निकै लामो समय सम्म काम गरेका ब्यक्ती हुन भने पछिल्लो समय नेकपा हुँदै गर्दा बादल सङै एमालेमा बसेका हुन । उनी युबा नेता महेस बस्नेतको बिस्वासिलो पात्र हुन भने उनको एमाले अध्यक्ष केपि सर्मा ओलि सङ पनि राम्रो सम्बन्ध छ ।
बिगतमा पनि माओवादीको ज्याजती बिरुद्द एक्लै सामना गर्ने श्रेष्ठ माओवादीको कोर एरिया मानिने ठाउमा काङ्ग्रेसको साथ लियर जाने देखिन्छ । पछिल्लो समय समाजसेवी भनेर चिनिने युबा नेताको छवि बनाएका श्रेष्ठलाई भित्रि रुपमा काङ्ग्रेसले पनि साथ दिने देखिछ । युबा संघको केन्द्रिय उपाध्यक्ष समेत रहेको नेता श्रेष्ठ युथ फोर्सको केन्द्रिय संयोजक समेत रहेका छन । युबा नेताको पहिचान बनाएका श्रेष्ठ स्थानिय स्थरमा निडर, प्रष्ट बक्ता, समाज सेबिको रुपमा चिनिने गरेको र स्थानिय स्थर बाट युबा हरुले श्रेष्ठको माग गरेको निकट स्रोत बताउछ ।
हाल उनको नेतृत्वमा बिबाद हुँदै आएको काठमान्डु महानगरपालिकाको फोहोर समेत साता ब्यापी अभियान सन्चालन गरेर सरसफाइ समेत गरेका थिए । मुल्य वृद्धि देखि सरकारको अनिमितताको बिरुद्ध खरो रुपमा उभिदै आएका श्रेष्ठ फरक पार्टीका कार्यकर्तालाई मिलाएर लान सक्ने क्षमता भएका नेता मानिन्छ । अबको चुनाबमा सबैलाइ मिलाएर लाने र जुनै ठाउँमा पनि चुनाब जित्ने स्थानिय युबाहरु बताउछन । निडर स्वभाबका श्रेष्ठ लोकप्रिय युबा हुन भने माओवादीको ज्याजतिको बिरुद्ध एक्लै सामाना गर्ने नेता पनि हुन । माओवादीकै कार्यकर्तामा छाप छोडन सफल श्रेष्ठ युबा पङ्तीमा ठुलो प्रभाब पार्न सक्ने क्षमता भएको श्रेष्ठको पहिचान अलि भिन्न रहेको छ ।
माओवादीभित्रको अन्तर द्वन्द र काङ्ग्रेस सङ्गको श्रेष्ठको निकटता भएको कारण र माओवादी र काङ्ग्रेस कार्यकर्तालाई मिलाउन सक्ने भएकाले श्रेष्ठ प्रदेश सभामा उमेदवार भएको खण्डमा साझा उमेदवार जत्तिकै मानिने भन्दै एमाले माओवादी र काङ्ग्रेसको कार्यकर्ताहरुलाई मिलाएर लान सक्ने र जित्ने उनी निकट स्रोत हरु बताउछन् भने युबा नेतृत्व आउनेमा स्थानिय युबा हरु खुसी देखिछन् ।